काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् । सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष दलका प्रमुख नेताहरुको बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले जसपा फुटाउन आफ्नो भूमिका नभएको बताउदै देशमा प्रचण्ड बाहेक अरु कसलाई देख्छन् भन्ने टिप्पणी गरेका थिए । अशोक राई नेतृत्वमा जसपा नेपालबाट ७ सांसद मिलेर जसपा गठन भएपछि सत्ता जोगाउन प्रधानमन्त्रीले फुटाएको विश्लेषण भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।