काठमाडौं, ३ चैत - नयाँ सत्ता गठबन्धनको कार्यदलले आफ्नो जिम्मेवारी पुरा गरेको छ । जसअनुुार कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम कार्यदलले शीर्ष नेताहरूलाई बुझाएको छ।
कार्यदलले तयार पारेको न्युनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बुझेका छन ।
प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा कार्यदलको प्रतिवेदन बुझ्दै शिर्ष नेताहरूले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने जनाएका छन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।