सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

आज १४ जनाले मन्त्री पदको सपथ लिने, साँझ ५ बजे सपथ ग्रहण [ सुचीसहित ]

आज १४ जनाले मन्त्री पदको सपथ लिने, साँझ ५ बजे सपथ ग्रहण [ सुचीसहित ]

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २३ २०८०

  • 3.5K
    SHARES

  • आज १४ जनाले मन्त्री पदको सपथ लिने, साँझ ५ बजे सपथ ग्रहण [ सुचीसहित ]

    काठमाडौं, २३ फागुन - पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन । 

    जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन ।  जसका लागि राष्टपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

    यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिदैँछन । बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

    प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड

    नेकपा एमालेका मन्त्रीहरूः

    रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

    पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

    हरि उप्रेती, रक्षा

    भगवति चौधरी, महिला बालबालिका

    राजेन्द्र राई, खानेपानी

    दामोदर भण्डारी, उद्योग

    ज्वालाकुमारी साह, कृषि तथा सहकारी

    बलराम अधिकारी, भूमि व्यवस्था

    माओवादीका मन्त्रीहरू

    नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

    वर्षमान पुन, अर्थ

    शक्ति बस्नेत, उर्जा

    रेखा शर्मा, सुचना तथा सञ्चार 

    हितबहादुर तामाङ,  संस्कृति तथा पर्यटन

    रास्वपाका मन्त्रीहरू

    रवि लामिछाने, उपप्रधान तथा गृह

    डीपी अर्याल, श्रम तथा राेजगार

    विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

    सुमना श्रेष्ठ, शिक्षा तथा बिज्ञान

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend