काठमाडौं, २३ फागुन - नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ ।जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो भने पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुइ अनुहार थपिएका छन ।
जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी)लाइ पुनर्गठित मन्त्रीमण्डलमा समेटिने भएको छ । प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन । सम्भवतः आजै सपथ ग्रहण कार्यक्रम हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।