सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यी कारण देखाउँदै माओवादीले तोड्यो कांग्रेससँगको गठबन्धन

यी कारण देखाउँदै माओवादीले तोड्यो कांग्रेससँगको गठबन्धन

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २१ २०८०

  • 7.2K
    SHARES

  • यी कारण देखाउँदै माओवादीले तोड्यो कांग्रेससँगको गठबन्धन

    काठमाडौँ - नेकपा (माओवादी केन्द्र) ले विभिन्न कारण देखाउँदै नेपाली कांग्रेससँगको सहकार्य तोडेको छ ।

    अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरेको, राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, काँग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढङ्गले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले कांग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको माओवादीको ठहर छ ।

    आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सो ठहर गरेको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुरूप सहयोग नगरेका कारण पनि गठबन्धन फेर्ने निर्णय गर्नुपरेको बताए ।

    त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, काँग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढङ्गले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि काँग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको उनको भनाई छ । उनले भने – ‘कोशी प्रदेशमा भनेजस्तो भएन । उनीहरूले त्यसलाई महसुस गर्नेतिर जानुभएन । सरकारलाई प्रभावकारी बनाउने कुरामा पनि अर्थ मन्त्रालयले जसरी प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्थ्यो, डेलिभरी दिने कुरामा अर्थमा गएर धेरै कुरा अल्झियो । त्यो पनि दोस्रो कारण बन्यो । तेस्रो कारण भनेको काँग्रेसको महासमितिको बैठकले जनयुद्धलाई गलत प्रकारले टिप्पणी गरिदियो ।

    त्यो कारणले नेपालमा विकास भएन । त्यो हिंसा थियो भन्ने आशयको उनहरूले प्रतिवेदन पारित गरेर आए । महाधिवेशनमा उनहरूले हिन्दु राज्य चाहिन्छ भन्ने कुरामा बहुसंख्यकले हस्ताक्षर गरेर दिनुभयो । त्यसले राजनीतिक वैचारिक रूपमा हामीलाई अर्को पक्षसँग मिल्नका लागि प्रेरित गर्‍यो ।’

    उनले नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने नसमेट्ने बताए । गठबन्धनमा राप्रपालाई ल्याउनु प्रतिगमनकारी हुने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने उनले जानकारी दिए । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडी बढ्ने निर्णय गरेको छ ।

    बैठकपछि पौडेलले देशको वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउँदै ध्रुवीकरणको दिशामा लैजानका लागि नयाँ गठबन्धन गर्न लागिएको बताए ।

    उनले भने – ‘पदाधिकारी बैठकमा नयाँ गठबन्धन बनाएर अगाडी बढ्ने । कयौँ चुनौती त छन् तर त्यसको बाबजुद पनि नेपालको वामपन्थी आन्दोलनलाई फेरी नयाँ शिराबाट अगाडी बढाउनको निम्ति सरकारको प्रसङ्गलाई जोड्दै वामपन्थीहरूको ध्रुवीकरणको दिशामा लैजाने उद्देश्यसहित नयाँ समीकरण बनाउने निर्णय गर्‍यौँ हामीले । त्यसको औपचारिकता दिन त गठबन्धनको बैठक बसिराखेको छ । तर हामी नयाँ गठबन्धनतिर जाने, शान्ति प्रक्रिया टुङ्ग्याउने, बजेट, नीति, कार्यक्रममार्फत जनताका डेलिभरीका कामहरूमा नयाँपन दिने । त्यसको साथसाथै धर्म निरपेक्षता, समावेशी, समानुपातिकजस्ता विषयहरूको बारेमा जो नेपाली काङ्ग्रेसभित्र छलफल चल्यो त्यसले संविधान प्रतिकुल हुने प्रकारका सङ्केत देखिएको र कोशी प्रदेशमा देखिएका कतिपय परिघटनाहरूको पनि समीक्षा गर्दै नयाँ गठबन्धनमा जाने निर्णय हामीले गर्‍यौँ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend