सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुशासन मेरो नारा होइन, संकल्प हो : प्रधानमन्त्री

सुशासन मेरो नारा होइन, संकल्प हो : प्रधानमन्त्री

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ६ २०८०

  • 1.1K
    SHARES

  • सुशासन मेरो नारा होइन, संकल्प हो : प्रधानमन्त्री

    काठमाडौँ, ६ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताएका छन् । उनले सुशासनको संकल्प गरेर आफूले अभियान चलालयको स्पष्ट पारे ।
     
    प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबीन गरेको र अदालतमा मुद्दा दायर गरेको जानकारी गराए । “कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन,” प्रधानमन्त्री प्रचण्डले भने, “सम्मानित सदनमा म दोहर्‍याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो ।” 

     नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी दाखिला गरी तारेखमा छुटेका अभियुक्तहरूलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत अनुसन्धान अघि बढाइएको प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी गराए ।
     
    प्रधानमन्त्रीले पछिल्लो पटक ६० केजी सुन तस्करी प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अपराधको स्वरुप सङ्गठित प्रकृतिको देखिएपछि नेपाल प्रहरीअन्तरगतको केन्द्रीय अनुसन्धान व्यूरोमा पठाई अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरिएको बताए ।
     
    विमानस्थलबाट हुने सुन तस्करीको कारण र नियन्त्रणका उपायहरू पत्ता लगाउन र अपराधको जालो जरैबाट उखेल्न जाँचबुझ गरी प्रतिवेदन दिन उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अबैध पैठारी (तस्करी)  नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन भइ काम गरिरहेको उल्लेख गरे।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend