काठमाडौं, २४ माघ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमार्फत ठगीमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सहकारीमार्फत् ठगी गर्ने जतिसुकै शक्तिशाली भए पनि दण्डित गर्नुपर्ने बताएका हुन् । उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
सरकार पूर्वाग्रही हुन नहुने भन्दै उनले सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।