काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत यतिबेला आगामी वैशाखमा लगानी सम्मेलनको गृहकार्यमा लागिरहेका छन् । लगानी सम्मेलनमा विदेशका ठूला घरानिया र उद्योगपतिलाई उनले निमन्त्रणा पठाइरहेका छन् ।
तर सत्तारुढ दल माओवादीबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठ भने लगानी सम्मेलन तुहाउने खेलमा लागेका छन् ।
४० वर्षअघिको बाँसबारी जुत्ता कारखानाको जग्गा प्राप्तिको विषयलाई अहिले उत्खनन् गरेर प्रतिष्ठित उद्योगपति अरुण चौधरीलाई पक्राउ गराएर गृहमन्त्रीले लगानी सम्मेलनको पूरै खेल बिगारेका छन् ।
जसकारण वैशाखमा हुने लगानी सम्मेलनमा भारतका मात्रै होइन, संसारभरिकै टप टेनमा पर्ने खर्बपति गौतम अदानी र मुकेश अम्बानी समूहले प्रतिनिधित्व नजनाउने भएका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार चर्चित एवं प्रतिष्ठित उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर नेपालमा सरकार नै वैदेशिक लगानी भित्र्याउन अनिच्छुक देखिएको भन्दै अदानी र अम्बानी समूहले सहभागिता नजनाउने सन्देश पठाएका छन् । केही साताअघि भारत पुगेर अर्थमन्त्री महतले गौतम अदानी र मुकेश अम्बानीलाई भेटेर लगानी सम्मेलनको निम्तो दिएका थिए ।
अदानी र अम्बानी समूह दुवैले आफूहरू लगानी सम्मेलनमा आउने प्रतिबद्धता जनाएका थिए । अदानी समूहले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको थियो ।
तर संसारभर नै प्रतिष्ठित मानिएको नेपालको चौधरी ग्र्ुपका अरुण चौधरीलाई पक्राउ गरेर उद्योगपति एवं व्यापारीको हुर्मत लिने काममा गृहमन्त्री श्रेष्ठको भूमिका देखिएको छ ।
गृहमन्त्रीको संदिग्ध भूमिकाप्रति अर्थमन्त्री महतले प्रधानमन्त्री प्रचण्डसँगै असन्तुष्टि जनाइसकेका छन् । अदानी र अम्बानी समूहले नेपालका पर्यटन, जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक देखाएपछि नेपालमा वैदेशिक लगानीको वातावरण बन्ने अवस्था रहेको भन्दै उद्योगी एवं व्यापारी खुसी देखिएका थिए ।
तर गृहमन्त्री श्रेष्ठले नेपालका उद्योगपतिको मुहारमा खुसी देख्न चाहेनन् । नेपालका सबै क्षेत्रमा चिनियाँ व्यापारी भित्र्याउन लागिपरेका श्रेष्ठकै कारण वैशाखमा हुन लागेको लगानी सम्मेलन औपचारिकताका लागि मात्रै हुने, लगानी नजुट्ने निश्चित देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।