काठमाडौं - देशको आर्थिक अवस्था ट्रयाकमा आउँदै गर्दा उद्योगपति अरुणकुमार चौधरीलाई हठातमा पक्राउ गरेर सरकारले नै वैदेशिक लगानीको वातावरण बिगार्दै लगेको छ ।
खासगरी गृहमन्त्री नारायणकाजी श्रेष्ठको इगोका कारण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले चौधरीलाई पूर्वसूचना पक्राउ गरेको बुझिएको छ ।
नेपाली कांग्रेसलाई ढाडमा टेकेर टाउकोमा हान्ने डिजाइनअन्तर्गत चौधरीलाई पक्राउ गरेको टीकाटिप्पणी भइरहेको छ । चौधरीलाई पक्राउ गरिएको घटनाले सरकारभित्रै असन्तुष्टि बढेको छ ।
लगानी सम्मेलनको मुखैमा प्रतिष्ठित व्यापारिक घरानामाथि गृह मन्त्रालयले सीआइबीमार्फत धरपकड गरेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महत असन्तुष्ट बनेका छन् ।
उनले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग यस विषयमा आपत्ति जनाएको बुझिएको छ । कांग्रेस संसदीय दलको शुक्रबारको बैठकमा यसबारेमा छलफल भएको थियो ।
सांसद विनोद चौधरीलगायतका अधिकांश सांसदले योजनाबद्ध रूपमा भएका धरपक्कडबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
सिजी ग्रुपले वैधानिक रूपमा आएको जग्गाको विषयमा किचलो झिकिएको र यसमा विभिन्न षड्यन्त्र रहेको जनाइसकेको छ । लगानी सम्मेलनको मुखैमा देशको प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घरानामाथि सरकारले धरपक्कड गर्दा वातावरण बिग्रने भन्दै अर्थमन्त्री महतले पार्टी सभापति शेरबहादुर देउवासँग चिन्ता व्यक्त गरेका छन् ।
चौधरी ग्रुपसँगै मिलेर कतिपय विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा सहभागी भई नेपालको पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउने तयारीमा थिए । केही समयअघि मात्र भारतको प्रतिष्ठित व्यापारिक घरानाका गौतम अदानीले नेपालमा एयरपोर्ट निर्माणदेखि हाइड्रोपावरमा लगानी गर्ने संकेत गरेका थिए ।
यसबारेमा उनले अर्थमन्त्री महतसँग छलफलसमेत गरिसकेका छन् । तर उद्योगपति चौधरीलाई पक्राउ गरिएपछि अदानी समूह र अम्बानी समूहको सहभागिता लगानी सम्मेलनमा अनिश्चित भएको बताइएको छ ।
४० वर्षअघिका विषयमा अनुसन्धान गर्नुपरे पनि अग्रिम जानकारी गराई बयान लिन सकिन्थ्यो । तर प्रो–चाइना मानिने गृहमन्त्री श्रेष्ठले सिआईबी लगाएर प्रतिशोध साँधेको देखिएको छ ।
को प्रतिष्ठित घरानिया समूहको बदनाम गर्ने र राजनीतिक स्टन्ट देखाउने काम गृहमन्त्री श्रेष्ठबाट भएकाले बन्दै गएको वैदेशिक लगानीको वातावरण बिग्रने निश्चित छ ।
माओवादी पक्षको एउटा समूह अहिले जसरी पनि अर्थमन्त्री महत र परराष्ट्रमन्त्री एनपी साउदलाई असफल बनाउने षड्यन्त्रमा लागेका छन् ।
चौधरीलाई हठात पक्राउ गरिएको घटनाले त्यसलाई पुष्टि गर्ने नेताहरुको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।