सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रोमानिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

रोमानिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • मिडिया डबली
  • शुक्रवार, माघ १९ २०८०

  • 1.4K
    SHARES

  • रोमानिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
    फाइल तस्बिर

    काठमाडौं, १९ माघ - रोमानिया पठाइदिन्छु भन्दै नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका-७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

    जगतले १ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो । 

    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १९ २०८००४:४६:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend