सर्लाही, १८ माघ - सर्लाहीमा एक युवती मृत फेला परेकी छन् । बलरा नगरपालिका–४ जब्दीस्थित आफ्नै घरमा २१ वर्षीया श्रीमती पूजा देवी मृत फेला परेकी हुन् ।
मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन् । जसले घटना शंकास्पद देखिएको हो । मृतक पूजा देवीको घाँटीमा डामसमेत देखिएको प्रहरीले जनाएको छ ।
मृतक पूजाका पति छोटेलाल र ससुरा जयनारायण फरार भए पनि सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।