काठमाडौं - एमाले नेता एवं प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङको स्वास्थ्य अवस्था जटिल भएको छ । अकस्मात बिरामी परेपछि उपचारका लागि उनलाई काठमाडौँ ल्याइएको छ ।
उनलाई हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो । एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ पुगेका उनी अचानक बिरामी परेका थिए । अचानक बिरामी परेपछि नजिकैको तमोर अस्पताल लगिएको थियो ।
तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । सदरमुकाम फुङलिङस्थित पाथीभरा गेष्ट हाउसमा खाना खान लाग्दा नेम्वाङको हातबाट एकाएक मोबाइल खसेको थियो ।
तर, टिप्न खोज्दा नसकेको साथै मुख बांगिएको देखेपछि तत्काल उपचारार्थ अस्पताल लगिएकोमा उच्च रक्तचापको समस्या देखिएको चिकित्सकहरूको भनाइ छ । स्रोतका अनुसार उनलाई प्यारालाइसिस भएको छ । पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।