सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ

अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ

  • मिडिया डबली
  • बुधवार, माघ १७ २०८०

  • 1.5K
    SHARES

  • अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ
    फाइल तस्वीर

    काठमाडौं, १७ माघ - अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका-१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई प्रहरीले पक्राउ गरेको छ । 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा पाँचथर फिदिम नगरपालिका-१ अस्पताल चोकबाट पक्राउ गरेको हो । 

    साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको आराेप छ । साहविरूद्ध ३४ जनाको उजुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १७ २०८००४:१५:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend