सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सिन्धुपाल्चोक कार दुर्घटना : मृतकको परिचय खुल्यो, घाइतेको हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक कार दुर्घटना : मृतकको परिचय खुल्यो, घाइतेको हेलिकप्टरबाट उद्धार

  • मिडिया डबली
  • बुधवार, माघ १७ २०८०

  • 2.9K
    SHARES

  • सिन्धुपाल्चोक कार दुर्घटना : मृतकको परिचय खुल्यो, घाइतेको हेलिकप्टरबाट उद्धार
    फाइल तस्बिर

    सिन्धुपाल्चोक -  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् ।

    सो दुर्घटनामा घाइते भएका पाँचजना मध्ये एकजना नेपाली कार चालक रहेका गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । 

    भुटानबाट नेपाल घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुइजर गाडी बुधबार बिहान ११ बजे सडकबाट ५० मिटर तल खस्दा एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 

    पाँचजना घाइतेमध्य चार पुरुष र एक महिला रहेका छन् । घाइते मध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी ३ जनालाई लिन पुनः हेलिकप्टर आउने प्रहरीले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १७ २०८००२:२८:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend