काठमाडौं - नेपाली कांग्रेस चितवनका नेता बलराम पौडेलको सडक दुर्घटनामा परी निधन भएको छ । कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेश सरकारका पूर्वमन्त्री पौडेलको बुधबार सडक दुर्घटनामा मृत्यु भएको हो ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नवलपुरको गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमै मत्यु भएको हो ।
बुधबार बिहान ग१ख ८५४७ नम्बरको बसले पौडेल सवार ना४६प ७७५९ नम्बरको मोटरसाइकललाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिएको थियो ।
भरतपुर महानगरपालिका–१७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।