काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक महिनाअघिदेखि मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् ।
सार्वजनिक रूपमा पनि उनले आफूले मन्त्रीहरू फेर्न लागेको जानकारी गराएकै छन् । तर उनको तयारीलाई कांग्रेसले नै रुचाइरहेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा कुनै विषय पनि सार्वजनिक गर्न चाहँदैनन् ।
आफ्ना कुरा अरुमार्फत भनाउन चाहने उनको पुरानै बानी हो । प्रचण्ड कुनै पनि हालतमा अर्थमन्त्री फाल्ने मनस्थितिमा देखिएका छन् । जुन कुरा देउवालाई मन परेको छैन ।
सोही कारण पार्टी उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङमार्फत मन्त्रीहरू फेर्ने काम तत्तकाललाई थाती राख्न देउवाले बोल्न लगाएका छन् । कानुनमन्त्री गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।
उनले कांग्रेस अहिले मन्त्रीहरू परिवर्तन गरिहाल्ने परिस्थिति नभएको दाबी गरेका छन् । नेपाल प्रेस युनियन रूपन्देहीले बुधबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा गुरुङले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ । तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ । मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’
प्रचण्डले आफ्नो पार्टीका सबै सेट परिवर्तन गर्ने तयारी गरेका छन् । एकीकृत समाजवादीबाट पनि नयाँ मन्त्री बन्नेको सूची तयार भएको छ । तर कांग्रेसले चासो देखाएको छैन ।
कांग्रेसका भ्रातृ संगठन भद्दा र ठूला बनेको भन्दै भीड बढाउँदै पार्टी बन्न नसक्ने उनले बताए । पार्टीमा गुटगत प्रतिस्पर्धा बढ्दा संगठन भद्दा बन्न पुगेको उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।