काठमाडौं - बाँदर नियन्त्रणका लागि भन्दै रुख काटेर प्रदेश सरकारलाई सहयोग गर्न आह्वान गर्ने पोखराका एक वडाध्यक्षले जारी गरेको सूचना भाइरल भएको छ ।
पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार जारी गरेको सूचना यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । पोखरा महानगरपालिकाको लामाचौर पुरन्चौर क्षेत्रमा बाँदरका कारण स्थानीय जनताले दु्ःख पाएको भन्दै बाँदर नियन्त्रणको लागि घर वरपर रहेका सबै रुख काट्ने अभियान सञ्चालन गर्न पाण्डेले सूचना नै जारी गरेका छन् ।
‘आजको मितिले दस दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गर्न र गण्डकी प्रदेश सरकारको नीति कार्यक्रमलाई सहयोग गर्न’ भन्दै उनले वडाका बासिन्दाहरुलाई सूचित गरेका छन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।