सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नागेन्द्र यादवले पाए ट्राई साइकल

नागेन्द्र यादवले पाए ट्राई साइकल

  • मिडिया डबली
  • सोमवार, माघ १५ २०८०

  • 1.9K
    SHARES

  • नागेन्द्र यादवले पाए ट्राई साइकल

    रौतहट १५ माघ- रौतहटको फतुवा बिजयपुर नगरपालिका- १ घुसुकपुरका जसपा नेता बिन्देश्वर यादवको छोरा समाजसेवी मुकेश कुमार यादवले ३० हजार रुपैयाँ पर्ने एकथान ट्राई साइकल सोही वडा गमहरिया गाउँका पूर्ण अपाङ्ग नागेन्द्र यादवलाई सहयोग गरेका छन्।

    यादवको ढाडमा केहीवर्ष अघि बोन टिबी भएको थियो। उपचारको क्रममा दुईबर्ष अघि ट्रमा सेन्टर काठमाडौंमा ढाडको अपरेसन गर्दा ढाडको नसा काटिएर उनी अपाङ्ग भएका थिए। त्यसपछि ५० बर्षीय पीडित यादव पूर्ण अपाङ्ग बनेर घरभित्रै बसेर जीवन निर्वाह गर्दै आएका थिए।

    ट्राई साइकलको लागि पटकपटक वडादेखि नगरपालिकामा भन्दा कसैले नसुनेको उनको गुनासो छ । यसअघि पनि उनी बोन टिबीको उपचारको क्रममा जसपाका केन्द्रीय सदस्य यादवले पटकपटक सहयोग गर्दैआएको पीडित यादवले बताए। उनकै सल्लाह अनुसार उनको छोरा मुकेश यादवले सोमबार उनलाई ट्राई साईकल हस्तान्तरण गरेका हुन।

    अपाङ्ग यादवको ३ छोरा ३ छोरी छन् भने जग्गाजमिनको नाउँमा मात्र ४ धुर घडेरी रहेको छ। उनीसँग रहेको १० कठ्ठा जग्गा उपचारको क्रममा बिक्री गरिसकेका छन् ।

    हाल गाउँ घरमा अरूको खेतमा श्रीमती छोराहरूले ज्यामी गरेर परिवार धान्दै आएका छन। डेढ बर्ष देखि अपाङ्ग बनेका यादव ह्वील चेयर पाएपछि हर्षित हुँदै अबको जीवन बिताउन ठूलो सहयोग हुने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १५ २०८००४:५४:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend