सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गगन थापाले भने– राष्ट्रिय सभामा मधेसी अनुहार नपरेकोमा असन्तुष्टि बढेको छ

गगन थापाले भने– राष्ट्रिय सभामा मधेसी अनुहार नपरेकोमा असन्तुष्टि बढेको छ

  • मिडिया डबली
  • सोमवार, माघ १५ २०८०

  • 1.9K
    SHARES

  • गगन थापाले भने– राष्ट्रिय सभामा मधेसी अनुहार नपरेकोमा असन्तुष्टि बढेको छ

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट मधेसी अनुहार नपरेकोमा तलैबाट असन्तुष्टि बढेको बताएका छन् ।

    सोमबार समुदायमा कांग्रेसअन्तर्गत संवाद यात्राका क्रममा सप्तरी पुगेका महामन्त्री थापाले उपस्थित भएका कांग्रेस कार्यकर्ता र शुभेच्छुकको प्रश्नको जवाफ दिँदै आफूले राष्ट्रिय सभाको उम्मेदवार छनोट गर्दा लिखित असहमति दर्ज गराएको स्मरण गरे ।

    उनले आफूले कार्यसम्पादन समिति बैठकमा जे निर्णय गरेको हो, त्यो सही देखिएको पनि बताए । संवाद यात्राका क्रममा महामन्त्री थापालाई कांग्रेसका तल्लो तहका कार्यकर्तालाई कोटा तोकेर आफूहरूलाई पछि पारिएको, झोले बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

    gagan_thapa1.jpg

    त्यसकै जवाफ दिँदै महामन्त्री थापाले अब आफू काठमाडौं पुगेपछि सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभा उम्मेदवार छनोट गर्दा तपाईहरूले गरेको निर्णय सही होइन रहेछ, तल्ला तहमा निकै असन्तुष्टि रहेछ भनेर जानकारी गराउने प्रतिबद्धता जनाए ।

    मधेस प्रदेशमा कांग्रेसले मधेसी कोटामा आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको थियो । उनले जितिसकेका छन् । मधेसीका नाममा खस आर्यले मात्र अवसर पाएको भन्दै मधेस प्रदेशमा नेतृत्वको आलोचना भइरहेको छ ।

    gagan_thapa2.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend