काठमाडौैं - अमेरिकी पिआरले समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीको पद गुमेको छ ।
आफ्नो विषयमा उजुरी परेपछि उनले पदबाट राजीनामा दिएकी हुन् । मोनिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिककी पूर्वमन्त्री उमा रेग्मीकी बुहारी हुन्। रेग्मीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री बनाएका थिए ।
अमेरिकाको पिआर (स्थायी बसोबास अनुमति) हुँदाहुँदै मोनिका समाज कल्याण परिषद्की उपाध्यक्षमा नियुक्ति भएकी थिइन्। पिआर भएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा बस्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै उनको नियुक्ति भएको थियो।
उनकी सासू उमाले उनलाई नियुक्ति गरेकी थिइन्। मोनिकाले पिआर लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयमा उजुरी परेपछि उनले राजीनामा दिएको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।