काठमाडौं - ललितपुरको ललितपुर महानगरपालिका–१६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन् ।
सोमबार नागबहालमा जर्मन नागरिक महिला मृत फेला परेकी हुन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी उनी लडिरहेको अवस्थामा फेला परेकी हुन् ।
उनको मृत्युको कारण र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।