सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कुष्ठरोगको पूर्णउन्मुलनमा चुनौतीपूर्ण

कुष्ठरोगको पूर्णउन्मुलनमा चुनौतीपूर्ण

  • मिडिया डबली
  • सोमवार, माघ १५ २०८०

  • 1.8K
    SHARES

  • कुष्ठरोगको पूर्णउन्मुलनमा चुनौतीपूर्ण

    भक्तपुर- सन् २०१० मै नेपाल कुष्ठरोग उन्मुलन देश बन्न सफल भएको थियो । तर कुष्ठरोग उन्मूलन भएको देश घोषणा भएको यति धेरै वर्ष भइसक्दा पनि अहिलेसम्म पनि कुष्ठरोगीहरुमाथि विभेद हुने गरिएको एक कार्यक्रममा बताइयो । यही कारण अहिले पनि कुष्ठरोगीहरु खुलेर नआउने गरेको र उनीहरु लुकाएरै उपचारमा रहने गरेको जनाइएको हो । 


    कुष्ठरोग भनेको पूर्वजन्ममा भएको पापका कारण लाग्ने भन्ने अन्धविश्वासलाई अहिलेसम्म चिर्न नसक्दा समाजमा अझैसम्म पनि विभेद रहेको बताइयो । ७१औं विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले यहाँं गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।


    जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरकी जनस्वास्थ्य प्रमुख अस्मिता ओझाले यही कारण यो वर्षको नारा कुष्ठरोग सम्वन्धी गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं भन्ने राखिएको बताइन् । ‘अझैसम्म पनि हामीले कुष्ठरोग भनेको पापका कारण लाग्ने होइन भन्ने अन्धविश्वास हटाउन सकेका छैनौं, कार्यालय प्रमुख औझाले भनिन्, ‘यही कारण अहिले पनि कति कुष्ठरोगीहरु उपचार नै नगरी रोग नै लुकाएर बसेका पनि होलान् ।’ 


    जिल्लामा तीनजना कुष्ठरोगीहरु रहेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरियो । तीमध्ये दुईजना भक्तपुर नगरपालिका क्षेत्रमा र एकजना मध्यपुर थिमि नगरपालिका क्षेत्रमा रहेको तथ्यांक कार्यक्रममा पेस गरियो । जिल्लामा भक्तपुर र मध्यपुरसहित सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु रहेका छन् । भक्तपुर  गाउँंपालिकाविहीन जिल्लो हो ।   


    कार्यक्रममा सहभागी ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा रहेका भनिएका ती कुष्ठरोगीहरु अन्धविश्वासकै कारण अहिले भक्तपुरमा नचिनिएको सुनाए । उनीहरु स्थानीय नभएको पनि उनले बताए । उनीहरु बाहिर जिल्लाका भएको उनले सुनाए । खाली भक्तपुरमा बसेर औषधि लिइरहेको मात्रै भएको उनले बताए । यस अर्थमा भक्तपुर कुष्ठरोगीविहीन जिल्ला भएको उनको भनाई थियो । 


    वरिष्ठ कुष्ठ तथा छाला रोग विशेषज्ञ डा रमेश शर्माका अनुसार छालामा लाटो, फुस्रो दाग देखिने, स्नायु (नशा) सुन्निने, छालामा नदुख्ने, नचिलाउने गिर्खा देखा पर्ने, हात गोडा झमझम गर्ने, हात गोडा लाटो हुने, पोलेको थाहा नहुने, शरीरमा दुख्ने, पोल्ने, सुन्निएको रातो दाग देखा पर्ने, शरीरमा रातो, दुख्ने गिर्खा देखा पर्ने साथै ज्वरो आउने, जोर्नी दुख्ने, हात गोडा लुलो तथा बाङ्गो हुने, आँखा पूरा बन्द गर्न नसक्ने आदि यस रोगका लक्षणहरू हुन् ।


    कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक किटाणुले गराउने एक प्रकारको कम सर्ने रोग हो । यसले मुख्यगरी छाला, स्नायु (नसा) तथा मांसपेशीमा असर गर्दछ । कतिपय अवस्थामा भने यसले आँखा, कलेजो, मिर्गौला तथा जोर्नीमा पनि असर गर्ने र ज्वरो आउने हुने गर्दछ ।


    कुष्ठरोग पनि क्षयरोग जस्तै खोकी, हाछ्युँद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । तर क्षयरोगको भन्दा कुष्ठरोगको किटाणु धेरै कमजोर हुने हुनाले कुष्ठरोग संक्रमित व्यक्तिसँगको लामो सम्पर्क (प्रतिहप्ता २० घन्टा बढी) बाट यो रोग सर्न सक्ने जनाइएको छ । उपचार सुरू गरिसकेपछि भने कुष्ठरोग सङ्क्रमितबाट अर्को व्यक्तिमा यो रोग सर्दैन । 


    नेपालबाट निकट भविष्यमा कुष्ठरोगको पूर्ण उन्मुलन चुनौतीपूर्ण रहेको चिकित्सकहरू बताउँछन् । प्रति दस हजारमा एकजना मात्रै कुष्ठरोगी भएमा त्यो देश पूर्ण उन्मूलन देश मानिन्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १५ २०८००१:४८:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend