सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

एक्सनमा उत्रिए बालेन, गरे अर्को हाकिमलाई फायर

एक्सनमा उत्रिए बालेन, गरे अर्को हाकिमलाई फायर

  • मिडिया डबली
  • सोमवार, माघ १५ २०८०

  • 2.8K
    SHARES

  • एक्सनमा उत्रिए बालेन, गरे अर्को हाकिमलाई फायर

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन एक्सनमा उत्रिएका छन् । महानगरपालिकामा हुने सिन्डिकेट र सेटिङ तोड्न लागिपरेका बालेनले हालसम्म तीनजना उच्च अधिकारीलाई फायर गरिसकेका छन् ।

    सुरुमा उनले महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई निलम्बन गरेका थिए । उनको ठाउँमा ३४ वर्षीय प्रदीप परियार आइसकेका छन् ।

    अधिकारीपछि बालेनले स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलको निलम्बन गरेका थिए । पौडेलको निलम्बन सेलाउन नपाउँदै शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बनमा पर्ने भएका छन् ।

    सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ती गर्दा कार्यपालिकाको निर्णय कीर्ते गरेको फेला परेपछि स्वास्थ्य विभाग प्रमुख पौडेल निलम्बनमा परेका थिए ।

    उनको निलम्बन अझै फुकुवा भइसकेको छैन । निलम्बनको प्रक्रिया पूरा गर्न बालेनले कोइरालालाई सात दिने स्पष्टीकरण पत्र बुझाएका छन् ।

    प्रक्रिया पूरा भएसँगै शिक्षा विभाग प्रमुख कोइरालालाई निलम्बन गर्न बालेनको तयारी छ । काठमाडौं महानगरपालिका–१० रत्नराज्य स्कुललाई विज्ञान संकाय पढाउन अनुमति दिँदा कोइरालाले बदमासी गरेको भेटिएपछि उनलाई निलम्बन गर्न लागिएको हो ।

    मेयरको अध्यक्षतामा रहेको नगर शिक्षा समितिलाई भएको अधिकार शिक्षा विभाग प्रमुख कोइरालाले प्रयोग गरेको तथ्य भेटिएपछि उनी निलम्बनमा पर्ने निश्चित देखिन्छ ।

    ‘विज्ञान संकाय सञ्चालनको अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुन्छ । त्यसको अध्यक्ष मेयर हुने व्यवस्था छ, तर शिक्षा विभाग प्रमुख कोइरालाले शिक्षा समितिको निर्णय नभई रत्नराज्य स्कुललाई विज्ञान संकाय सञ्चालनको अनुमति दिने निर्णय गरेको फेला परेपछि निलम्बनको प्रक्रिया अघि बढेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १५ २०८०१२:०४:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend