सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जनकपुरबाट अयोध्या जाने विशेष रेल रद्द, यात्रु निराश

जनकपुरबाट अयोध्या जाने विशेष रेल रद्द, यात्रु निराश

  • मिडिया डबली
  • आइतवार, माघ ७ २०८०

  • 1.7K
    SHARES

  • जनकपुरबाट अयोध्या जाने विशेष रेल रद्द, यात्रु निराश

    काठमाडौं - जनकपुरबाट भारतको अयोध्या जाने भनिएको रेल रद्द भएको छ। जनकपुरधामदेखि भारतको अयोध्यासम्म राम मन्दिरको प्राण प्रतिष्ठाका लागि विशेष रेल जाने तयारी भएकोमा सो रद्द भएको हो।

    जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरका अनुसार भारत सरकारले जनकपुरबाट जाने रेललाई अनुमति नदिएपछि रेल सेवा रद्द भएको हो।उनका अनुसार जनकपुरधामबाट राम मन्दिरको प्राण प्रतिष्ठाका लागि विशेष रेल जाने तयारी भएको थियो।

    भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठा सोमबार हुँदैछ । आइतबार बिहान साढे ६ बजे जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्ने भनिएको थियो ।

    परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावासमार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाएको हो। अयोध्याका लागि आउने रेलको भाडासमेत निर्धारण गरिएको छ। जसअनुसार दोस्रो श्रेणीको एसीको तीन हजार, तेस्रो श्रेणीको एसीको दुई हजार र स्लिपर सिटको एक हजार नेपाली रुपैयाँ निर्धारण गरिएको छ। नेपाल रेल्वेलाई १ हजार ४ सयसम्म टिकट काट्ने अनुमति दिइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ८ २०८०११:२५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend