सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रहेनन् गायक योगेश वैद्य

रहेनन् गायक योगेश वैद्य

  • मिडिया डबली
  • शुक्रवार, माघ ५ २०८०

  • 2.6K
    SHARES

  • रहेनन् गायक योगेश वैद्य

    काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार राति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति साढे १२ बजे उनको निधन भएको थियो ।

    बिहीबार दिउँसो वैद्यको स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ बढी समस्या भएपछि अस्पताल लैजाने क्रममा उनको  निधन भएको परिवारलेजानकारी दिएको छ।

    उनलाई भ्याली अस्पताल लगिएको थियो । ७७ वर्षीय वैद्यलाई भर्खरै मात्र गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो । उनि नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार थिए।

    वैद्यका नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् । त्यसैगरी सपना भुलाइ सारा.., मेरा आँशुमा नहाँसे.., नेपाल मेरो उपहार भो.., लगायत गितका सर्जकले ३३ वर्ष सरकारी सेवामा बिताएका थिए।

    वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको हो। उनका दुई छोरी र एक छोरा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ५ २०८०१०:१३:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend