बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्ड प्रधानमन्त्री कि निर्देशक, दुई घन्टामै तीन निर्देशन

प्रचण्ड प्रधानमन्त्री कि निर्देशक, दुई घन्टामै तीन निर्देशन

  • मिडिया डबली
  • बुधवार, माघ ३ २०८०

  • 1.9K
    SHARES

  • प्रचण्ड प्रधानमन्त्री कि निर्देशक, दुई घन्टामै तीन निर्देशन

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै दिन तीनवटा निर्देशन दिएर कीर्तिमान कायम राखेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनले दुई घन्टाको अन्तरालमा तीनवटा निर्देशन दिएका छन् ।

    एकै दिन धेरै निर्देशन दिइएपछि अहिले सामाजिक सञ्जालमा प्रचण्ड प्रधानमन्त्री होइन, निर्देशक हुन् कि भन्दै टिप्पणी उठ्न थालेको छ । विगतमा दिएका निर्देशन कार्यान्वयन हुन नसके पनि प्रचण्डले निर्देशन दिन भने छाडेका छैनन् ।

    सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका प्रतिनिधिलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन्।

    बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए।

    प्रधानमन्त्रीले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएको उनको सचिवालयले बताएको छ। प्रधानमन्त्रीले बुधबार नै सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्।

    प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरूलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

    प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिएका थिए। छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित थिए।

    यस्तै, प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गुनासो बढ्न थालेको बताउँदै जनतालाई अनावश्यक हैरानी नदिन निर्देशन दिएका छन्।

    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसंगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा नागरिकहरूलाई सहज वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend