सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डका विश्वास पात्र मधेसी नेता गठबन्धनको विपक्षमा

प्रचण्डका विश्वास पात्र मधेसी नेता गठबन्धनको विपक्षमा

  • मिडिया डबली
  • बुधवार, माघ ३ २०८०

  • 1.7K
    SHARES

  • प्रचण्डका विश्वास पात्र मधेसी नेता गठबन्धनको विपक्षमा

    काठमाडौं - पछिल्लो समय मधेस केन्द्रित दलका नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति असन्तुष्ट बन्दे गएका छन् ।

    उनीहरूको असन्तुष्टि बढ्दै गएमा चाँडै अहिलेको सत्ता गठबन्धन नै धरापमा पर्ने सम्भावना बढ्दो छ ।

    प्रचण्डले गत फागुनमा विश्वासको मत लिँदा १५४ सांसदले समर्थन गरेका थिए । सरकार बनाउन १३८ सांसदको समर्थन चाहिन्छ ।

    जुन नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले मात्र पुग्दैन । जसपा, जनमत र लोसपाको स्पष्ट मत चाहिन्छ ।

    तर पछिल्लो समय जसपा, लोसपा र जनमत पार्टी नै प्रचण्डको खिलापमा देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव औपचारिकताका लागि मात्र गठबन्धनमा बसेको देखिन्छ ।

    केही समययता उनी सरकारको कामकारबाहीप्रति असन्तुष्ट छन् । गठबन्धनको बैठकमा पनि सहभागी हुन छाडेका छन् । यस्तै लोसपाका नेता राजेन्द्र महतोले त पार्टी अध्यक्ष महन्थ ठाकुरलाई सरकारबाट फिर्ता हुन दबाब दिइरहेका छन् ।

    ठाकुरले नमान्दा उनी नयाँ पार्टी खोल्ने अभियानमा लागेका छन् । जनमत पार्टी त खुला रूपमै गठबन्धनको विपक्षमा देखिएको छ । जनमत पार्टी केन्द्रमा गठबन्धन सरकारमा छ ।

    गठबन्धनकै लाभ लिएर मधेश र लुम्बिनी प्रदेशमा पनि आकर्षक मन्त्रालय लिएको छ । तर विगत एक वर्षको गतिविधि हेर्ने हो भने जनमत गठबन्धनकै विद्रोहीजस्तै देखिन्छ । चुनावी गठबन्धन भत्काएर माओवादीका अध्यक्ष प्रचण्डले एमालेसँग नयाँ समीकरण बनाउँदै गर्दा साथैमा उभिएको थियो जनमत पार्टी ।

    त्यही समीकरणमा रहेर जनमतका अब्दुल खान विनाविभागीय मन्त्री बने । जनमतले चाहेको थियो उद्योग, तर भागबन्डामा खानेपानी मन्त्रालय परेपछि असन्तुष्ट उनले केही दिन घुर्क्याएर २०७९ माघ ११ गते मन्त्रालय सम्हाले ।

    राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका बेला पुरानै गठबन्धन ब्युँतिँदा एमाले, रास्वपा र राप्रपाले सरकार छाडे तर, जनमतले छाडेन । गठबन्धनमा राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपालाई दिने सहमति हुँदा जनमतले भने उपराष्ट्रपतिमा गठबन्धनविरुद्ध आफ्नै उम्मेदवार उठायो ।

    यसरी गठबन्धनमा बागी बनेको जनमतले त्यसपछि भने सरकार छाड्यो । गठबन्धनले बारा २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव साझा उम्मेदवार बनाउँदा जनमतले त्यहाँ पनि सघाएन र विद्रोह गर्दै आफ्नै उम्मेदवार उठायो ।

    बजेटकै विरुद्ध उभिएको जनमत अव गठबन्धनमा रहँदैन भन्ने आंकलन सबैको थियो । तर त्यसको ठीक विपरीत बजेटमा विद्रोही बनेको जनमत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएर फेरि गठबन्धनमै घुस्यो । जनमत सरकारकै निर्णयविरुद्ध पनि सडकमा उत्रिने चाहिँ गरिरहेको छ।

    सरकारले नै निषेधित क्षेत्र घोषणा गरेको माइतीघर मण्डलामा मन्त्री अनिता देवी र पार्टीका अध्यक्ष सीके राउत झन्डा र ब्यानरसहित विरोधमा उपस्थित भए । अहिले राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धनले साझा उम्मेदवार उठाउँदै गर्दा सत्तारुढ जनमतले भने लुम्बिनी र मधेशमा बागी उम्मेदवार उठाएको छ ।

    मूलतः, मधेशकेन्द्रित राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएको जनमत प्रदेशदेखि संघसम्मै सत्तामा बस्न चाहन्छ । तर, गठबन्धन दलसँग उसको सम्बन्ध राम्रो देखिँदैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend