काठमाडौं - माओवादीका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी विधानमा गर्न प्रस्ताव गरेपछि बालुवाटारमा हलचल मच्चिएको छ ।
गत शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा उनले नयाँ प्रस्ताव पेस गरेका हुन्। उनको प्रस्तावलाई पूरक प्रस्तावका रूपमा चर्चा गरिएको छ।
पार्टीको केन्द्रीय नीति योजना कार्यान्वयनको अलवा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरुको बाँडफाँड, निर्वाचन, सरकार निर्माणसम्बन्धी सवै अधिकार प्रयोग गर्ने व्यगस्था विधानमा गर्नुपर्ने प्रस्ताव शर्माको छ|
केही समययता माओवादीमा पार्टीको नाम फेर्नेबारे तीव्र बहस चलिरहेको छ । माओवादी नामले नेपाली जनतामात्र होइन, अन्तर्राष्ट्रिय समुदाय पनि रुष्ट बनेको आन्तरिक निष्कर्षपछि नेता शर्माले पार्टीको नाम नेकपा समाजवादी राख्न प्रस्ताव गरेको बताइन्छ ।
माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ। सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने छ।
माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो। समितिले शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो।
पार्टीको प्रदेश अध्यक्ष केन्द्रीय समितिको पोलिटब्युरो बैठकमा उपस्थित हुन पाउने व्यवस्था विधानमा राख्ने, सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने, सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नुपर्ने, पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने, जबससम्बन्धी नीति पार्टीको मार्ग दर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढीकरण, परिचालन, पेशागत हकहित र संघर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्ने, जबस प्रमुखहरुको संयोजन समिति बनाई पार्टीको वैचारिक र योजनागत सम्प्रेषण गर्ने व्यवस्था गर्ने, सरकार सञ्चालन गर्न आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउने, जिल्ला समितिको कार्यक्षेत्र स् वैचारिक राजनीतिक संगठन निर्माण, सुदृढीकरण तथा परिचालन र आर्थिक उत्पादन रोजगारी÷विकास निर्माण र सरकारसम्बन्धी कामरसामाजिक सांस्कृतिक रुपान्तरण एवं सामाजिक न्यायरअनुगमन र मूल्यांकन हुनुपर्ने शर्माले प्रस्ताव गरेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डकै निर्देशनअनुसार शर्माले यस्तो प्रस्ताव गरेको माओवादीमा धेरैको बुझाइ छ । तर केहीले भने शर्माले स्वविवेक प्रयोग गरेको बताएका छन् ।
यदि शर्माले प्रचण्डको निर्देशनअनुसार नै प्रस्ताव गरेको भए आगामी दिनमा पार्टीको नेतृत्वमा शर्मालाई अघि बढाइने छ भने स्वविवेक प्रयोग गरेको भए उनलाई प्रचण्ड समूहबाट अलग बनाउने एक माओवादी नेताले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।