सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विष्णुलक्ष्मी/तुल्सीमाया साहित्य सम्मान २०८० बाट दोलखाका साहित्यकार अमर कुमार प्रधान सम्मानित

विष्णुलक्ष्मी/तुल्सीमाया साहित्य सम्मान २०८० बाट दोलखाका साहित्यकार अमर कुमार प्रधान सम्मानित

  • मिडिया डबली
  • मंगलवार, माघ २ २०८०

  • 1.5K
    SHARES

  • विष्णुलक्ष्मी/तुल्सीमाया साहित्य सम्मान २०८० बाट दोलखाका साहित्यकार अमर कुमार प्रधान सम्मानित

    काठमाडौँ - बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक बर्षको माघ १ गते वितरण गर्दै आएको विष्णुलक्ष्मी/तुल्सीमाया साहित्य सम्मान २०८० बाट दोलखाका साहित्यकार अमर कुमार प्रधान सम्मानित भएका छन् ।

    र्सिजना मार्फत साहित्य क्षेत्रमा योगदान गरेको भन्दै समितीले नगद १० हजार रुपैया सहित सम्मान गरेको हो । प्रेस काउन्सील नेपालका सदस्य चिरञ्जीवी मास्केले आफुलाई जन्म दिने र कर्म दिने आमाहरु प्रति सम्मान गर्दै प्रत्येक वर्षको माघ १ गते जिल्लाका उत्कृष्ट साहित्यकारहरु मध्ये एक जनालाई बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति मार्फत विष्णुलक्ष्मी/तुल्सीमाया साहित्य सम्मान वितरण गर्दै आएका हुन्।

    सो अवसरमा दोलखा सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा प्रदेय पत्रिकाको १३ औ अङ्क सार्वजनिक गरिएको थियो । सो पत्रिका भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले सार्वजनीक गरेका थिए।

    बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष बिष्णु सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के,दोलखाका साहित्यिक प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ, बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका सचिव जिवन लामा, पुरस्कृत साहित्यकार अमर कुमार प्रधान लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २ २०८००१:१८:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend