काठमाडौं - नेपालमा पछिल्लो समय हुने सुन तस्करीमा माओवादी पार्टीका शीर्ष नेताकै संलग्नता खुलेको छ ।
यसरी पार्टीकै शीर्ष नेता सुन तस्करीमा लागेको नेपालकै पहिलो घटना हो । अहिलेसम्म अन्य दलका ठूला नेता सुन तस्करीमा मुछिएका थिएनन् ।
विगतमा एमाले नेता वामदेव गौतम र केशवलाल श्रेष्ठ सुन तस्करीमा मुछिएका थिए ।
गृहमन्त्री रहेका बेला वामदेवकै निर्देशनमा टनका टन सुन एयरपोर्टबाट बाहिरिने गरेको प्रहरीले जनाएको थियो । तर त्यो आरोपमै सीमित भयो । सरकारले कुनै छानबिन गरेन ।
तर अहिले भने सुनकाण्डमा मुछिएका नेतासँग आयोग नै गठन गरेर बयान लिन थालिएको छ । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले माओवादीका विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ ।
आयोगले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग समेत बयान लिइसकेको छ । यष्सअघि उनका छोरा राहुल महरासँग बयान लिइसकेको छ ।
यस्तै, सहसचिव झलकराम अधिकारीले पनि बयान दिइसकेका छन् । गत असोज १५ गते गठन भएको आयोगले अहिलेसम्म करिब ४० जनाको बयान लिइसकेको छ ।
सहसचिव गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । माओवादी नेताहरू ६० किलो, नौ किलो र १४ किलो सुन तस्करीमा मुछिएका छन् ।
माओवादीबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुनकाछोरा दिपेश पुन, माओवादी उपमहासचिव वर्षमान पुन, उनकी श्रीमती ओनसरी घर्ती, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालगायत पनि सुन तस्करसँग निकट रहेको खुलेको छ ।
आयोगले पहिलो चरणमा सुन प्रकरणमा जोडिएका कारागार र प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको बयान लिन थालिएको हो ।
सहसचिव अधिकारी अध्यागमन विभागमा हुँदा तस्करीमा संलग्न रहको भनिएका बेल्जियन नागरिक दावा छिरिङसँग नजिकको सम्बन्ध राखेको आधारमा उनलाई बयान लिएको हो । उनकै अनुमतिले पानी तान्ने मेसिनमार्फत सुन तस्करी भएको आरोप लागेको छ ।
अधिकारी अध्यागमन विभागमा हुँदा बेल्जियन नागरिक दावा छिरिङले ह्वाटसएपमार्फत पानी तान्ने मेसिनको तस्वीर पठाउने गरेको र त्यसलाई छाड्न अधिकारीले सहयोग गरेको स्रोतको दाबी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।