सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बरहथवा गोलीकाण्ड : वरिष्ठ हवल्दार यादवको पद चैट

बरहथवा गोलीकाण्ड : वरिष्ठ हवल्दार यादवको पद चैट

  • मिडिया डबली
  • सोमवार, माघ १ २०८०

  • 4.3K
    SHARES

  • बरहथवा गोलीकाण्ड : वरिष्ठ हवल्दार यादवको पद चैट

    काठमाडौं - सर्लाहीको बरहथवामा भएको घटनामा गोली चलाउने नेपाल प्रहरीका वरिष्ठ हवल्दार सोनेलाल यादवको पद चैट हुने भएको छ।

    स्वास्थ्य संस्थाको स्तरोन्नतिको विषयमा विवाद हुँदा भएको झडपमा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो। यादवले माथिको आदेशविनै गोली चलाएको खुलेको छ ।

    बरहथवा घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति बनेको थियो। समितिले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा हवल्दार यादवले आफूखुसी गोली चलाएका कारण घटना भएको उल्लेख छ।

    गोलीकाण्डलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको थियो । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डीएसपी गंगा थापालाई पनि त्यहाँबाट फिर्ता बोलाउन समितिले सिफारिस गरेको छ।

    साहको मृत्युपछि आक्रोशित स्थानीयको भिड नियन्त्रण गर्न असहज भएपछि स्थानीय प्रशासनले दुई दिनसम्म कर्फ्यु जारी गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १ २०८००३:२४:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend