सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मेलम्ची पानीको नियति : असारमा बन्द, माघमा उदघाटन

मेलम्ची पानीको नियति : असारमा बन्द, माघमा उदघाटन

  • मिडिया डबली
  • सोमवार, माघ १ २०८०

  • 1.6K
    SHARES

  • मेलम्ची पानीको नियति : असारमा बन्द, माघमा उदघाटन

    काठमाडौं - नियमित नआउने मेलम्चीको पानी अहिलेसम्म पाँचपटक उदघाटन भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा मेलम्चीको पानी वितरणको चौथोपटक उद्घाटन गरेका छन् ।

    सोमबार बिहान सिंहदरबारमा आयोजित पानी पथान्तरण पुनर्वितरणको प्रचण्डले शुभारम्भ गरेका हुन् । २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, सोही वर्षको चैतमा राष्ट्रपति विद्यादेवी भण्डारी, २०७९ वैशाखमा खानेपानीमन्त्री उमाकान्त चौधरी, मंसिरमा पनि मन्त्री चौधरी र आज प्रधानमन्त्री प्रचण्डले पानी पथान्तरन्तरण कार्यक्रमको शुभारम्भ गरेका छन् ।

    गत असारमा मेलम्ची नदीमा आएको बाढीपछि राजधानीमा मेलम्ची परियोजनाको पानी वितरण कार्य बन्द भएको हो । बाढीले मुहानमा गेग्रान थुपारेको थियो ।

    त्यसअघि पनि असार–साउनमा आएको बाढीले मेलम्चीको पानी काठमाडौं ल्याउन अवरुद्ध भएको थियो । हरेक वर्ष असार–साउनमा पानी बन्द हुने र माघ–फागुनमा वितरण गर्न भन्दै राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीले उदघाटन गर्ने गरेका छन् । अहिले सुरु गरिएको पानी वितरण पनि अस्थायी हो । बर्खा लागेसँगै फेरि रोकिने सम्भावना प्रबल छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend