काठमाडौं - ताइवानको राष्ट्रपतिमा विलियम लाइ निर्वाचित भएका छन्।
शनिबार सार्वजनिक निर्वाचनमा लाइ ४० प्रतिशत मत प्राप्त गर्दै त्यहाँको नयाँ राष्ट्रपति नियुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लाइ डेमोक्रेटिक पिपुल्स पार्टी डिपीपीबाट उम्मेदवार बनेका थिए । यसअघि उनी ताइवानका उपराष्ट्रपति थिए। डिपीपीलाई चीनले पृथकतावादी पार्टीका रूपमा चित्रण गर्दै आइरहेको छ।
ताइवानको राष्ट्रपति निर्वाचनलाई अमरिका र चीनले नजिकबाट नियालेका थिए। चीनले लाइको विपक्षमा मतदान गर्न आह्वान नै गरेको बिबिसीले उल्लेख गरेको छ।
ताइवानमा डिपीपीले नै राष्ट्रपति निर्वाचन जितेपछि अमेरिकाले बधाई दिएको छ।
नयाँ राष्ट्रपति निर्वाचित भएसँगै लाइले चीनसँगको सम्बन्धबारे होसियारीपूर्वक बोलेका छन्। उनले चीनसँग आपसी सम्मानका आधारमा वार्ता हुने बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।