मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रचण्डलाई पृथ्वीनारायण शाहसँग इगो, गरेनन् योगदानको स्मरण

प्रचण्डलाई पृथ्वीनारायण शाहसँग इगो, गरेनन् योगदानको स्मरण

  • मिडिया डबली
  • शुक्रवार, पौष २७ २०८०

  • 1.5K
    SHARES

  • प्रचण्डलाई पृथ्वीनारायण शाहसँग इगो, गरेनन् योगदानको स्मरण

    काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले देशकै प्रधानमन्त्री छन् । तर देशको कार्यकारी प्रमुखको भूमिकामा रहेका उनले देशकै विभूतिलाई सम्झन आवश्यकसमेत ठानेनन् ।

    पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइँदैछ। पृथ्वी जयन्तीका अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

    यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

    पौडेलले राष्ट्रनिर्माता शाहको सिंहदरबार मूलगेट अगाडि रहेको शालिकमा माल्यार्पणसहति पुष्पगुच्छा अर्पण गरेका हुन् ।

    आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै विभिन्न दलका शीर्ष नेताले उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

    वर्तमान राष्ट्रपति, पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, कांग्रेस, एमालेलगायतका दलका अध्यक्षले पृथ्वीनारायण शाहको योगदानको स्मरण गरेका छन् ।

    तर प्रधानमन्त्री प्रचण्डले एउटा विज्ञप्तिसमेत निकालेनन् । प्रचण्ड मात्र होइन, माओवादीका कुनै पनि नेताले पृथ्वीनारायण शाहलाईं सम्झेनन् ।

    कतिसम्म भने उनीहरू पृृथ्वीनारायणले नेपाल एकीकरण गरेको नभई राज्य विस्तार गरेको भन्न रुचाउँछन् । पृथ्वीनारायणले बाइसे चौबीसे राज्यलाई एक गरेर नेपाल बनाएका थिए ।

    यदि उनले त्यसो नगरेको भए नेपालको अस्तित्वसमेत रहँदैनथ्यो । तर जातीय राज्यका पक्षधर माओवादी नेतामा भने उनीप्रति वैरभाव देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend