सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरी पार्टी अध्यक्ष बन्ने

राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरी पार्टी अध्यक्ष बन्ने

  • मिडिया डबली
  • बिहिवार, पौष २६ २०८०

  • 2.0K
    SHARES

  • राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरी पार्टी अध्यक्ष बन्ने

    काठमाडौं - कैलालीको टीकापुर हत्याकाण्डमा जन्मकैद पाएर पनि राष्ट्रपतिबाट आममाफी पाएर छुटेका रेशम चौधरी अब सक्रिय राजनीतिमा फर्किने भएका छन् ।

    उनी अब श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर आफैं पार्टी अध्यक्ष बन्न लागेका हुन् ।

    नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । उन्मुक्ति पार्टीको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज कैलाली जाने बताइएको छ ।

    नागरिक उन्मुक्तिले प्रचण्डलाई निमन्त्रणा दिएको छ । शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरिबाट करिब आठ हजार प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।

    तर, सर्वसम्मतरुपमा नेतृत्व चयन हुने पार्टीका संरक्षक रेशम चौधरीको दाबी छ । फौजदारी अभियोग लागेर जेल सजाय भोगेका रेशम चौधरी संविधानअनुसार पार्टी अध्यक्ष बन्न नपाउने हो । यदि उनी अध्यक्ष बनेमा निर्वाचन आयोगले के गर्छ ? हेर्न बाँकी छ ।

    महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सात सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २६ २०८००१:१८:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend