काठमाडौं - तीन महिलालाई बलात्कारपछि बेपत्ता पारेको, आफ्नो आश्रममा आएका महिला अनुयायीहरूलाई बेपत्ता पारेकोलगायतको आरोपमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामासहितको ताँती सीआईबी कार्यालयमा लागेको छ ।
बम्जनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् ।
बम्जनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पुग्दा भिडभाड भएको थियो । त्यसपछि उनीहरूलाई प्रहरीले हटाएको थियो ।
बम्जनलाई मंगलबार राथि सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताएको छ ।
प्रहरीले सार्वजनिक गरेपछि आजै सर्लाही जिल्ला अदालतमा पेस गर्ने भएको छ ।
सर्लाही जिल्ला अदालतले उनलाई पाँच वर्षअघि पक्राउ पुर्जी जारी गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।