सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तपस्वी बम्जनको घरमा तीन करोड र लाखौं विदेशी डलर भेटेपछि प्रहरी नै छक्क

तपस्वी बम्जनको घरमा तीन करोड र लाखौं विदेशी डलर भेटेपछि प्रहरी नै छक्क

  • मिडिया डबली
  • बुधवार, पौष २५ २०८०

  • 4.7K
    SHARES

  • तपस्वी बम्जनको घरमा तीन करोड र लाखौं विदेशी डलर भेटेपछि प्रहरी नै छक्क
    फाइल तस्वीर

    काठमाडौं - विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरमा तीन करोड र लाखौं विदेशी मुदा फेला परेको छ ।

    मंगलबार राति बुढानीलकण्ठको हात्तीगौँडास्थित घरबाटै पक्राउ परेका बम्जनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख र विदेशी मुद्रा फेला पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।

    ‘बम्जनको घरबाट बरामद नेपाली रुपैयाँ गनेर सकियो। तीन करोड ३० लाख ७५ हजार रहेछ। सबै हजार हजारको गड्डीहरू भेटिएको छ। अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ।

    डलरलगायत अरू पनि करेन्सी छन्, १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छु’ सीबीआई प्रमुख किरण ब्रजाचार्यले भनिन्। तपस्वीको घरबाट करोडौं रुपैयाँ फेला पर्नुलाई आश्चर्य मानिएको छ ।

    बम्जनविरुद्ध अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र ज्यान मार्ने कसुरको अभियोग छ। लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई मंगलबार मात्रै प्रहरी पक्राउ गर्न सफल भएको हो। उनको बारा, सर्लाही, सिन्धुली र सिन्धुपाल्चोकमा आश्रम छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २५ २०८०११:०६:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend