सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विद ल्याबका भण्डारीलाई ल्याउन प्राधिकरणका खनाललाई राजीनामा दिन बाध्य पारियो

विद ल्याबका भण्डारीलाई ल्याउन प्राधिकरणका खनाललाई राजीनामा दिन बाध्य पारियो

  • मिडिया डबली
  • मंगलवार, पौष २४ २०८०

  • 4.1K
    SHARES

  • विद ल्याबका भण्डारीलाई ल्याउन प्राधिकरणका खनाललाई राजीनामा दिन बाध्य पारियो

    काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई राजीनामा बुझाएका हुन् ।

    बुधबारदेखि लागू हुनेगरी खनालले राजीनामा दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चारमन्त्री शर्माको निरन्तर दबाब थेग्न नसकेर खनालले पदबाट राजीनामा दिएको बताइन्छ । उनी आजैबाट बिदाबारी भएर हिँडेका छन् ।

    खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उनलाई २०७६ साउन ६ मा पाँच वर्षका लागि नियुक्ति गरेको थियो । एमडीएमएस, टेरामक्सलगायतका परियोजना विवादमा परेपछि उनलाई राजीनामा दिन लगाइएको हो ।

    सबैमा सञ्चारमन्त्री शर्माको निजी सचिवालय संलग्न रहेको बताइन्छ । माओवादीले कुपण्डोलमा रहेको विद ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई महानिर्देशक बनाउन खोजेको स्रोतले बतायो । पूर्वनायक सुब्बा भण्डारी नामुद भ्रष्टाचारी हुन् ।

    उनीसँग अर्बौको सम्पत्ति छ । गुल्मीको मालिका–५ स्थायी घर भएका उनी हाल ललितपुर–१० चाकुपाटमा बस्छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेकी भीमकान्तकी पत्नी विमला गोश्वारा हुलाक कार्यालय, काठमाडौंमा खरिदार हुन्।

    बिध ल्याब खोल्नुअघि भाडाको घरमा बस्ने भण्डारीले चार वर्ष जागीरमा रहँदा कुल ११ लाख ५० हजार ९९१ रुपैयाँ ९० पैसा तलब बापत आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाउँछ। उनकी पत्नी पनि सरकारी जागीरे भएकाले २०७१ पुस ९ गतेदेखि आर्थिक वर्ष २०७८–७९ सम्म १८ लाख ९४ हजार ४९ रुपैयाँ आर्जन गरेको देखिन्छ। तर, जागीर छोड्नुअघि नै भण्डारीले विभिन्न कम्पनीमा ठूलो रकम लगानी गरिसकेका थिए।

    नेपालमा कोरोना संक्रमण बढेसँगै अस्वाभाविक सम्पत्ति आर्जन गरेका भण्डारीले काठमाडौंको टल्कु डुँडेचौर (हाल दक्षिणकाली नगरपालिका) मा दुई कित्ता गरेर ६ रोपनी पाँच आना जग्गा किनेका छन्।

    २०७८ पुस २० गते लिएको जग्गाको खरीद मूल्य तीन करोड ३३ लाख ३० हजार देखाइएको अख्तियारको विवरणबाट खुल्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २४ २०८००४:३०:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend