मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

मतदाता नामावलीमा नाम नभएपछि एमालेका यी नेताको उम्मेदवारी नै चैट

मतदाता नामावलीमा नाम नभएपछि एमालेका यी नेताको उम्मेदवारी नै चैट

  • मिडिया डबली
  • सोमवार, पौष २३ २०८०

  • 2.3K
    SHARES

  • मतदाता नामावलीमा नाम नभएपछि एमालेका यी नेताको उम्मेदवारी नै चैट

    काठमाडौं - मतदाता नामावलीमा नामै नभेटिएपछि एमालेले मधेस प्रदेशबाट राष्ट्रिय सभाका एकजना उम्मेदवार परिवर्तन गरेको छ।

    महोत्तरीका अर्जुन सिंहको उम्मेदवारी दर्ता नहुने भएपछि उनको ठाउँमा जनकपुरधामकी विजेता झालाई उम्मेदवार बनाइएको छ ।

    एमालेबाट मधेस प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन आएका थिए । मतदाता नामावलीमा नाम नरहेको भनी शंका लागेपछि एमाले नेताहरूसहित सिंह जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका थिए।

    त्यहाँ मतादाता नामावलीमा नाम नरहेकाले उम्मेदवारी दर्ता गर्न नमिल्ने भनेर निर्वाचन कार्यालयले उनलाई फर्काइदिएको हो।

    टिकट पाएकी झा गत स्थानीय तहको निर्वाचनताका कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी थिइन्। मधेस प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

    कांग्रेसले आनन्द ढुंगानालाई उम्मेदवार बनाएकाे छ । धेरै मतभार भएकाले उनले जित्ने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २३ २०८००२:१७:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend