मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

कांग्रेस उम्मेदवार छनोटमा महामन्त्री थापाको फरक मत, तर पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता

कांग्रेस उम्मेदवार छनोटमा महामन्त्री थापाको फरक मत, तर पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता

  • मिडिया डबली
  • सोमवार, पौष २३ २०८०

  • 2.2K
    SHARES

  • कांग्रेस उम्मेदवार छनोटमा महामन्त्री थापाको फरक मत, तर पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाका उम्मेदवार छनोटमा आफ्नो लिखित फरक मत दर्ज गरेका छन् ।

    आइतबार राति बसेको संसदीय बोर्डको बैठकमा उनले दुई बुँदे फरक मत राखेका हुन् । तर पार्टीबाट टिकट पाएका उम्मेदवारलाई जिताउन आफ्नो पूर्ण सहयोग रहने पनि उनले घोषणा गरेका छन् ।

    महामन्त्री थापाले प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको तथा कांग्रेस केन्द्रीय कार्यसमितिको पुस १२–१४ गतेसम्म बसेको वैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय ब्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेकोमा संसदीय बोर्डको बैठकले त्यसको पालना नगरेको बताएका छन् ।

    उनले भनेका छन्, ‘यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखीकन निर्णय हुन्छ, सवै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपट्क खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ । अतः आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ ।’

    तर आफ्नो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा पूर्ण संलग्नता रहने उनले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २३ २०८०११:०९:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend