काठमाडौं - नेपाली कांग्रेस ललितपुरले थप एक सांसद पाउने भएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कांग्रेसले ललितपुरका नेता, तरुण दलका पूर्वअध्यक्ष, नेविसंघका पूर्वमहामन्त्री जितजंग बस्नेतलाई उम्मेदवार बनाउने भएको हो ।
सोमबार बिहान सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफूले पाएका १० वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठकले कोसीमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द ढुंगाना, बागमतीमा जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ।
यसैगरी लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने रणनीतिअनुसार कांग्रेसले टिकट दिएको हो । ढुंगाना कांग्रेसको अनुशासन समितिको प्रमुख हुन् ।
बस्नेतलाई भने राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बनाउने रणनीतिअनुसार टिकट दिइएको हो ।
गत वर्षको निर्वाचनमा बस्नेत ललितपुर–३ बाट टिकटको आकांक्षी थिए । तर माओवादीले सो क्षेत्रमा पम्फा भुसाललाई उम्मेदवार बनाएपछि बस्नेत रोकिएका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।