काठमाडौं - २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट एमालेका सूर्य थापासँग पराजित जनमोर्चाकी दुर्गा पौडेल चोरबाटोबाट सांसद बन्ने भएकी छन् ।
सत्तारुढ गठबन्धनको आइतबार बसेको बैठकले राष्ट्रपतिबाट मनोनीत हुने सिटका लागि सिफारिस गर्ने सहमति भएको छ । एक वर्षअघि प्रतिनिधिसभाको निर्वाचनमा पनि पौडेल गठबन्धनकै उम्मेदवार थिइन् ।
तर उनलाई एमालेका थापाले पाँच हजार २७४ मतान्तरले पराजित गरेका थिए। थापाले ४१ हजार ११८ र पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी थिइन्।
नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।