मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

माओवादीले ६ सिटमा टुंग्यायो नाम, झक्कु सुवेदी पनि सांसद बन्ने

माओवादीले ६ सिटमा टुंग्यायो नाम, झक्कु सुवेदी पनि सांसद बन्ने

  • मिडिया डबली
  • आइतवार, पौष २२ २०८०

  • 3.9K
    SHARES

  • माओवादीले ६ सिटमा टुंग्यायो नाम, झक्कु सुवेदी पनि सांसद बन्ने

    काठमाडौं - सत्तारुढ माओवादीले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको हो । ६ मध्ये झक्कु सुवेदी संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन् ।

    उनले काठमाडौं २ मा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाललाई २०६४ को संविधानसभा निर्वाचनमा पराजित गरेका थिए । २०७० को निर्वाचनमा उनी काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधानसँग पराजित भएका थिए ।

    १९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ।

    आइतबार बिहान बसेको सत्ता गठबन्धन दलहरूको बैठकले नेपाली कांग्रेसलाई १०, एकीकृत समाजवादीलाई दुई र जसपालाई एक सिटको भागबन्डा गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २२ २०८००३:१५:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend