काठमाडौं - त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि निकालिएको विज्ञापनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शिक्षामन्त्री अशोक राईबीच लफडा भएको छ ।
विज्ञापनमा उल्लेख ‘तीन वर्ष त्रिवि पदाधिकारीमा रहेर काम गरेको हुनुपर्ने’ भन्ने प्रावधानको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले विज्ञापन सच्च्याउन शिक्षामन्त्री राईलाई निर्देशन दिएका हुन् ।
यदि सच्चिएर नआए आफू जस्तोसुकै जोखिमपूर्ण निर्णय लिन बाध्य हुने चेतावनी प्रचण्डले दिएका छन् । प्रधानमन्त्री प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति राईलाई आफ्नो कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्याउन निर्देशन दिएका हुन्।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति प्रचण्डले निर्देशन दिएसँगै उक्त विज्ञापन सच्चिने भएको छ।
अब प्रधानमन्त्रीको निर्देशनअनुसार उक्त प्रावधानको सट्टा जोकोही नेपालीले उपकुलपतिका लागि आवेदन दिन पाउनेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।