मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रचण्डले वास्तै नगरेपछि हर्कले ‘धरान डे’ मा बालेनलाई बनाए प्रमुख वक्ता

प्रचण्डले वास्तै नगरेपछि हर्कले ‘धरान डे’ मा बालेनलाई बनाए प्रमुख वक्ता

  • मिडिया डबली
  • शुक्रवार, पौष २० २०८०

  • 2.2K
    SHARES

  • प्रचण्डले वास्तै नगरेपछि हर्कले ‘धरान डे’ मा बालेनलाई बनाए प्रमुख वक्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालै नदिएपछि धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राईले ‘धरान डे’ को अतिथिमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनलाई बनाएका छन् ।

    केही दिनअघि काठमाडौँ आउँदा हर्कले प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि बनिदिन निम्तो दिएका थिए । उनले बालेनलाई पनि भेटेर निम्तो दिएका थिए।

    तर, प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री आउन नभ्याउने बताएपछि साम्पाङ आक्रोशित बने । हर्कले प्रधानमन्त्री आफूले बोलाएको कार्यक्रममा सहभागी हुन नआउने भएपछि आफ्नो कार्यकक्षबाट प्रधानमन्त्रीसँगै राष्ट्रपतिको तस्बिर हटाएका छन्। उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन्।

    प्रचण्ड नआएपछि बालेनलाई प्रमुख वक्ता बनाएर हर्कले धरान डे आयोजना गरेका छन् । धरान उपमहानगरपालिकाले स्थानीय पब्लिक हाईस्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रम आयोजना भइरहेको छ। कार्यक्रममा हर्क र बालेनसँगै देखिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २० २०८००२:३१:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend