मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रचण्डको दोहोरो रोल, चीनका नेतालाई पनि एकै दिन बोलाइयो

प्रचण्डको दोहोरो रोल, चीनका नेतालाई पनि एकै दिन बोलाइयो

  • मिडिया डबली
  • शुक्रवार, पौष २० २०८०

  • 2.0K
    SHARES

  • प्रचण्डको दोहोरो रोल, चीनका नेतालाई पनि एकै दिन बोलाइयो

    काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौंमा छ । युन्नान प्रान्तीय कमिटीको स्थायी समितिका उपसचिव सी युगाङ नेतृत्वको टोली खुनमिङ हुँदै बिहीबार नै काठमाडौँ आएको हो ।

    भारतीय विदेश मन्त्री डा. एस जयशंकर नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सत्ता पक्ष र विपक्षी दलका नेताहरुसँग भलाकुसारी गरिरहेका बेला सी युगाङको टोली काठमाडौं ओर्लेको थियो ।

    चाइना इस्टर्न एअरलाइन्सको उडान नम्बर एमयू ९६१७ बाट काठमाडौँ आएको उपसचिव युगाङको नेतृत्वको ६ सदस्यीय टोलीमा चाङ शिचिन, वाङ वेई, डुआन शाओरेन, चेक शुयुन र लि शिहाई छन् ।

    चिनियाँ नेता नक्सालस्थित होटल मेरियटमा बसेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आफू आएकै दिन चिनियाँ नेतालाई पनि बोलाएको भन्दै भारतका विदेशमन्त्री जयशंकरले नेपाली पक्षसमक्ष असन्तुष्टि जनाएका छन् ।

    आफू आएका बेला उनले चिनियाँ नेताको भ्रमणको विषयलाई आफ्नो ‘प्रतिष्ठा’ को विषय बनाएको परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।

    जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग आपत्ति जनाएका थिए । नेपाली पक्षले दुई छिमेकबाट पाहुना आउनुको सन्दर्भ फरक–फरक भएको र एकै दिन पर्नु संयोग मात्र भएको स्पष्ट पारेपछि उनी आयोगको बैठकमा सहभागी हुन तयार भएका थिए ।

    आयोगको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा समेत जयशंकरले यही विषय दोहोर्‍याएका थिए । भारत र चीनलाई एकैपटक खुसी पार्न खोजेपछि प्रचण्डको डबल स्ट्यान्डर्डको चौतर्फी आलोचना भएको छ ।

    जबजब भारतबाट उच्चस्तरीय भ्रमण टोली आउँछ, प्रचण्ड र नारायणकाजी श्रेष्ठले उत्तरबाट नेता बोलाउने गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend