काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकरले भारत-नेपाल संयुक्त आयोगको बैठक फलदायी भएको बताएका छन्।
उनले ट्विट गर्दै भनेका छन्,"मेरो समकक्षी एनपी साउँदसँग ७औं भारत-नेपाल संयुक्त आयोग सहअध्यक्षता गरेको बैठक फलदायी भएको छ।"
उनले समग्र द्विपक्षीय हितका विषयमा छलफल भएको समेत उल्लेख गरेका छन्।
भनेका छन्,"हाम्रो समग्र द्विपक्षीय सम्बन्ध, व्यापार र आर्थिक सम्बन्ध, भूमि, रेल र हवाई कनेक्टिभिटी परियोजनाहरू, रक्षा र सुरक्षामा सहयोग, कृषि, ऊर्जा, ऊर्जा, जलस्रोत, विपद् व्यवस्थापन, पर्यटन, नागरिक उड्डयन, जन-जन र सांस्कृतिक आदानप्रदान र विकास साझेदारीबारे छलफल भएको छ।"
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।