मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

पूर्वराजा ज्ञानेन्द्रसँग दर्शनभेट गरेपछि राप्रपाका पाँच नेता प्रफुल्ल

पूर्वराजा ज्ञानेन्द्रसँग दर्शनभेट गरेपछि राप्रपाका पाँच नेता प्रफुल्ल

  • मिडिया डबली
  • बुधवार, पौष १८ २०८०

  • 2.6K
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्रसँग दर्शनभेट गरेपछि राप्रपाका पाँच नेता प्रफुल्ल

    काठमाडौं - राप्रपाका पाँच शीर्ष नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

    बुधबार कपिलवस्तुको भैरहवामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा र दीपक सिंहले भेटघाट गरेका हुन् ।

    केही दिनदेखि पश्चिम नेपालको भ्रमणमा रहेका ज्ञानेन्द्रले फोन गरेरै राप्रपाका पाँच नेतालाई भैरहवा बोलाएका थिए । सबैजना बुधबार बिहान भैरहवा पुगेका हुन् ।

    पूर्वराजा केही दिनदेखि भैरहवामा अड्डा जमाएर बसेका छन् । पूर्वराजा र राप्रपाका नेताहरूबीचको भेटवार्ताबारे केही खुलाइएको छैन ।

    राप्रपा उपाध्यक्ष मिश्रका अनुसार पूर्वराजाले भेटमा ‘हामी सबैले धेरै देख्यौ बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्’ भनेका थिए ।

    पूर्वराजा शाहलाई भेटेपछि राप्रपाका पाँच नेता प्रफुल्ल देखिएका छन् ।

    राप्रपा अहिले राजतन्त्र पुनःस्थापनाको आन्दोलनमा छ । उसले माघ र फागुनमा उपत्यका केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १८ २०८००३:२४:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend