मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

काम नगर्ने मन्त्रीलाई बर्खास्त गर्छु भन्ने प्रचण्डले मागे माधवको सहयोग

काम नगर्ने मन्त्रीलाई बर्खास्त गर्छु भन्ने प्रचण्डले मागे माधवको सहयोग

  • मिडिया डबली
  • बुधवार, पौष १८ २०८०

  • 2.2K
    SHARES

  • काम नगर्ने मन्त्रीलाई बर्खास्त गर्छु भन्ने प्रचण्डले मागे माधवको सहयोग

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम नगर्ने र कार्यसम्पादन मूल्यांकनमा असफल भएका मन्त्रीलाई हटाउने घोषणा गरेका थिए ।

    तर आफ्नो पूर्वघोषणाबाट पन्छिँदै प्रचण्डले विवादमा परेका मन्त्री हटाउन माधवकुमार नेपालको सहयोग मागेका छन् ।

    प्रचण्ड भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता पठाउने तयारीमा छन् ।

    प्रधानमन्त्री प्रचण्डले मंगलबार टेलिफोनमार्फत मन्त्री ज्वालालाई फिर्ता बोलाउन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग आग्रह गरेका हुन् ।

    गत शुक्रबार ललितपुरको बालकुमारीमा घटेको घटनामा मन्त्री ज्वाला जिम्मेवार देखिएका छन् ।

    प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहुदैँ सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी मन्त्री ज्वालाले त्यो बाटो प्रयोग गर्दा घटना भएको भनी सुरक्षा निकायका प्रमख र सांसदहरुले नै दाबी गरिरहेका बेला प्रधान्त्री प्रचण्डले उनलाई हटाउने तयारी गरेका हुन् ।

    रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रआसपास शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो।

    मन्त्री ज्वाला झन्डावाला गाडीसहित बालकुमारी हुँदै कोटेश्वर जाने क्रममा प्रदर्शनकारीले उनको गाडीमा आगो लगाइदिएपछि प्रहरीले गोली चलाएको थियो।

    मन्त्रीलाई जोगाउन सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएका थिए। मन्त्री ज्वालाको यो कमजोरीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।

    उनको कमजोरीको एकीक्ृत समाजवादीभित्र पनि असन्तुष्टि बढेको छ।

    यति गम्भीर घटनामा नैतिक जिम्मेवारी लिनुको साटो मन्त्री ज्वाला भने आफ्नो कुनै दोष नभएको भन्दै पन्छिन खोजिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend