काठमाडौं - सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी हाल कारागारमा रहेका एमाले नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको कारण पेस गर्न उच्च अदालत पाटनलाई आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार रायमाझी र पाण्डेलाई थुनामा राख्ने आदेशको ‘कैफियत प्रतिवेदन’ मगाएको हो ।
आफूहरूलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भन्ने उच्च अदालतको आदेशविरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
निवेदनमाथि सुनुवाइपछि न्यायाधीश रेग्मीको इजलासले उच्च अदालतबाट मुद्दाको फाइलसहित कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।
सर्वोच्चले कैफियत प्रतिवेदन माग गरेकाले दुवैजना धरौटीमा छुट्न सक्ने सम्भावना बढेको छ । यसअघि कांग्रेस नेता बालकृष्ण खाँण ३० लाख धरौटीमा थुनामुक्त भएका छन् ।
उनी राजनीतिमा सक्रिय भइसकेका छन् । यदि सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएमा उनी एमाले सचिवमा फुकुवा हुन सक्नेछन् ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेको थियो ।
जिल्ला अदालतको आदेशलाई उच्च अदालतले पनि सदर गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।